२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोसेढुंगा’ को प्रदर्शनमा रोक लगाउने सेन्सर बोर्डको निर्णय, ‘जेरी’ लाई २४ घन्टे स्पष्टीकरण

अ+ अ-

काठमाडौँ। सेन्सर बोर्डले केही समयअघि प्रदर्शनमा आएको चलचित्र ‘कोसेढुंगा’ लाई पूर्णरुपमा रोक लगाउन निर्णय गरेको छ । सेन्सरको निर्देशन पालना नगरेको भन्दै बोर्डले आज सो निर्णय लिएको हो ।

गत भदौ ११ गते बोर्डले चलचित्रको विभिन्न स्थानमा बोलिएका ‘अश्लील अर्थ लाग्ने’ संवादहरू हटाएर प्रदर्शनका लागि अनुमति दिएको थियो । तर, हटाउन भनिएका संवादहरू नहटाई कन प्रदर्शनमा ल्याइएको भन्दै गत भदौ १९ गते सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्राचार गर्‍यो । चलचित्र प्रदर्शनको अनुगमन गरी सेन्सरबमोजिम प्रदर्शनको व्यवस्था मिलाउन र प्रतिवेदन पेश गर्न मन्त्रालयले बोर्डलाई भनेको थियो । तर, अनुगमनका क्रममा सेन्सर बोर्डको निर्देशन पालना नभएको पाइएपछि प्रदर्शन स्थगनको निर्णय लिइएको हो ।

यसैगरी आज बसेको बोर्ड बैठकले हाल प्रदर्शनमा रहेको चलचित्र ‘जेरी अन टप’ लाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । सो चलचित्रमा धूम्रपान र मद्यपानको दृश्यमा नियमबमोजिम कुनै सन्देशहरू नराखिएको तथा ‘फ‘’ जस्ता शब्दहरूमा विप नलगाइएकाले स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरणको पत्र आजै पठाइएको बोर्डका सदस्य सम्पूर्ण श्रेष्ठले बताए । पत्रकार जवाफ आएपछि थप निर्णय लिइने उनको भनाइ छ ।