२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अ+ अ-

अत्तरिया (कैलाली) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । 

हालसम्म जिल्लाको टीकापुर खरिद केन्द्रबाट तीन हजार ८७९ क्विन्टल, मोहनपुरबाट दुई हजार ३३९ क्विन्टल र सत्तीबाट दुई हजार क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । उनका अनुसार गौरीगङ्गा खरिद केन्द्रबाट एक हजार ७२४ क्विन्टल, भजनीबाट एक हजार ३०० क्विन्टल र जोशीपुरबाट एक हजार २८५ क्विन्टल धान खरिद गरिएको छ ।

कार्यालय प्रमुख थापाका अनुसार खाद्य कम्पनीले सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमा मोटा धान खरिद गरिरहेको जनाए । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ । 

यस वर्ष कम्पनीले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको बताउँदै उनले एक किसानबाट बढीमा ५० क्विन्टलका दरले खरिद गरिने जानकारी दिए। धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस तथा चेकको प्रतिलिपि ल्याउनुपर्ने व्यवस्था गरिएको उनले बताए।

गत वर्ष जिल्लामा कम्पनीको धान खरिद कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०१ क्विन्टल मात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।