२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकद्वारा दुई बैंकलाई कारवाही

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरू पालना नगरेको कारण सचेत गराएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण कुमारी बैंकलाई सचेत गराइएको छ ।

एकीकृत निर्देशनको व्यवस्था अनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिंङ कारोबार गर्न पाउने छैन । तर, कुमारी बैंकले उक्त व्यवस्थाको अनुपालना नगरेकोले कुमारी बैंक लिमिटेडलाई सचेत गराइएको राष्ट्र बैंकको कारबाहीमा उल्लेख छ ।

त्यस्तै, राष्ट्र बैंकको निर्देशन विपरीत प्राइम बैंकले कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको पाइएको कारण कारवाही गरिएको छ ।

निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन बमोजिम केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको पाइएको छ ।

सोही निर्देशनको बमोजिम केही कर्जाहरूलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको केही कर्जाहरूको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेसवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको छ ।

राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरलाई सचेत गराएको छ ।