२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्तोष परियारको राजीनामा पत्र : ‘नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न सकिएन’

अ+ अ-

काठमाडौँ । नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न नसकिएको प्रति दुःख जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् ।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई बुझाएको राजीनामा पत्रमा उनले ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु’ भनेका छन् ।

रास्वपाको सदस्य भइरहँदा आफूले पार्टी र देशको हितमा इमानदार प्रयत्न गरेको बताउँदै उनले अगाडि लेखेका छन्, ‘नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु ।’

२३ र २४ भदौको जेन जेड विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको उनको भनाइ छ ।

जेन जेड आन्दोलनले यथा अवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको भन्दै उनले जेन जेड विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको बताए ।

यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको भन्दै उनी लेख्छन्, ‘नेपाली राजनीतिक आन्दोलनको पुनर्संरचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरुको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ।’

बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै बदलिँदो नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई आफू फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थिति आएको उनले लेखेका छन् ।