काठमाडौँ । एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३-२ सेटको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो । सुरुआती दुई सेट २६-२४ र २५-१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका दुई सेट भने १३-२५, १७-२५ ले गुमायो ।
त्यसपछि खेलको पाँचौँ तथा निर्णायक सेटमा १५-८ ले विजयी हुँदै कर्णाली उपाधि जित्न सफल भयो ।







