२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. नारायण खड्काले भने : ‘पार्टीमा विग्रह गराएर कसैको हित हुँदैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको विषयमा विवाद चर्किरहेका बेला नेता डा. नारायण खड्काले पार्टीलाई सहमतिका साथ अगाडि बढाउनुपर्ने बताएका छन् ।

महाधिवेशनको विषयमा देखिएको विवादले पार्टीमा विभाजन ल्याउन सक्ने खतरा औँल्याउँदै उनले पार्टीलाई सहमतिका साथ अगाडि बढाउनुपर्ने बताएका हुन् ।

‘पार्टीलाई सहमतिका साथ हामीले अगाडि बढाउनु पर्छ । पार्टीमा विभाजन, विग्रह गराएर कसैको पनि हितमा छैन, ‘नेता खड्काले भने, ‘नभए हामी हिँडेछौँ भनेर कसैको पनि भलो छैन । यसले कसैको भलो गर्दैन, लोकतन्त्रको भलो गर्दैन, देशको भलो गर्दैन ।’

पार्टीमा एकता नभएसम्म जो कोही नेतृत्वमा आए पनि केही नहुने उनको बुझाइ छ । पार्टीलाई विखण्डनतर्फ लगिएर ठुलो क्षति पुग्ने नेता खड्काले बताए ।

‘पार्टीमा एकता नभए जो–कोही नेतृत्वमा आएर पनि हुने वाला केही पनि छैन । पार्टीलाई विखण्डन गरेर मुलुकलाई झन् ठुलो क्षति हुन्छ’, उनले भने, ‘विखण्डनतिर लाग्ने मान्छेहरूलाई पनि जनताले सकारात्मक रूपमा नहेर्न सक्छन् ।’

मुलुक अहिले अत्यन्त संकटमा रहेका भन्दै केन्द्रीय सदस्य खड्काले दलहरू निर्वाचनमा नगए झन् ठुलो संकट आउने पनि बताए । ‘फेरी अहिले क्रिटिकल आवर छ, अहिले देश अत्यन्त संकटमा छ,’ उनले भने, ‘निर्वाचन भएन भने अर्को ठुलो संकट छ, यसलाई मध्यनजर गरेर हामी जानुपर्छ ।’

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भावनालाई सम्मान गर्नै पर्ने खड्काले बताए । ‘अब महाधिवेशनको कुरा आएको छ । पार्टीमा छलफल भइरहेको छ,’ उनले भने, ‘गत महाधिवेशनका २४ सय ८८ प्रतिनिधिले हस्ताक्षर गरेको कुरालाई पनि हामीले सम्मान गर्नुपर्छ ।’

हस्ताक्षरकर्ताको प्रतिनिधित्व गरेरै महामन्त्री गगनकुमार थापाले केन्द्रीय समिति बैठकमा कार्यतालिका पेश गरेको हुन सक्ने भन्दै उनले उक्त कार्यतालिका पारित गरेर महाधिवेशनमा जान सकिने पनि बताए ।

‘सिग्नेचर गरेकाहरूको प्रतिनिधित्व गरेरै होला महामन्त्रीको त्यो कार्यतालिका आएको, त्यसलाई पारित गरेर जाऊँ,’ खड्काले भने, ‘अनि त्यसपछि साथीहरू पनि तल ग्राउन्ड लेभलमा सक्रिय हुन्छन् । क्रियाशील बढाउन लाग्छन् । पार्टी अलिकति चलायमान पनि हुन्छ । त्यसरी अगाडि बढ्न सकिन्छ ।’