काठमाडौँ । विघटित नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक जयसवाल र सत्यनारायण भगतलगायत रौतहटका नेता कार्यकर्ताले ‘प्रचण्ड’को साथ छाडेका छन् ।
नेकपा एससहित साना दलहरूसँग मिलेर ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि असन्तुष्ट नेताहरूले आजबाट ‘प्रचण्ड’को साथ त्यागेका हुन् ।
‘प्रचण्ड’को साथ छाडेका नेता कार्यकर्ताहरूले रौतहटमा पत्रकार सम्मेलन गरेर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा लाग्ने घोषणा गरेका छन् ।
उनीहरूले ‘प्रचण्ड’मा देखा परेको राजनीतिक, वैचारिक विचलन संगठनमा नोकरशाही तन्त्र, स्वार्थ प्रेरित गतिविधि र पदलुलुप्ता गठबन्धनबाट आफूहरू पीडित भएको आरोप लगाएका छन् ।
अब डा. बाबुराम भट्टराई र शर्माको नेतृत्वमा अभियानमा लाग्न रौतहटका नेता कार्यकर्तालाई समेत आह्वान गरेका छन् ।







