२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि नै महाधिवेशन माग्दै २८ नेताहरूले भेटे देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवानिकट २८ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्नुपर्ने मागसहित पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन्।

उनीहरूले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।

महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवादले असोज २८ गतेदेखिको केन्द्रीय समिति बैठक अनिर्णीत बनेपछि संस्थापन पक्षका नेताहरू नै महाधिवेशनको वातावरण बनाउने प्रयासमा जुटेका हुन्।

आफूहरूले सामूहिक रूपमा भेट गरेर सभापतिलाई चुनावअघि नै महाधिवेशनको वातावरण बनाइदिन आग्रह गरेको नेता राजन केसीले बताए। उनले भने, ‘हामीले जेनजी आन्दोलनपछि फरक परिस्थिति बनेको छ। अब काँग्रेस पनि रूपान्तरण भएर जानुपर्छ, चुनावअघि महाधिवेशन हुँदा नयाँ नेतृत्व, नयाँ नीति र कार्यक्रम हुँदा पार्टीलाई फाइदा पुग्छ।’

आफूहरूले विशेष महाधिवेशन र वैशाखमा महाधिवेशन हुनुपर्छ भन्ने कुरा स्वीकार नहुने कुरा राखेको बताए। जवाफमा सभापतिले आफूले कार्यवाहक जिम्मेवारी दिइसकेको भन्दै पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिएको बताए। केसीले भने, ‘सभापतिले मैले कार्यवाहक दिइसकेको छु, तपाईँहरूले राख्नुभएको कुरा ठिकै छ। अरू नेताहरूलाई भन्नुस्। चुनाव आइरहेको छ, त्यसलाई पनि हामीले प्राथमिकता दिनुपर्छ। तर पार्टी एकताबद्ध होस्, कुनै मनमुटाब र विखण्डन नहोस् भन्ने उहाँको कुरा छ।’

महामन्त्रीद्वयले पनि आफूहरूसँग चुनावअघि महाधिवेशन गर्न सक्दो प्रयास गरिरहेको जवाफ दिएको सुनाए। उनले भने, ‘चुनावअघि महाधिवेशनमा जानैपर्छ, हामीले प्रयास गरिरहेका छौँ। त्यसका लागि तपाईँहरूको प्रयास सकारात्मक छ।’

पार्टी बैठक अनिर्णयको बन्दी बनिरहेको भन्दै आफूहरूलाई पनि भूमिका खेल्न महामन्त्रीद्वयले आग्रह गरेको बताए। यथास्थितिमा चुनावमा जान नसकिने कुरा पनि राखेको बताए।

कार्यवाहक सभापति खड्काले भने सहमतिको प्रयास भइरहेको जानकारी गराएको बताए। खड्कासँगको भेटबारे केसीले भने, ‘विगतमा पनि काँग्रेस टुक्रियो, त्यसैले अहिले विवाद भन्दा पनि सहमतिमै निष्कर्षमा पुग्नुपर्छ, मैले प्रयास गरिरहेको छु। एक ढिक्का भएर अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो।’

उनले महाधिवेशन विवादले ५८ सालमा जस्तो पार्टी फुट्ने अवस्था आउन नदिने प्रतिबद्धता गरेको पनि बताए । उनले भने, ‘उहाँले कार्यसम्पादन समितिमा छलफल गरेर भोलिको बैठकमा सबैलाई मान्य हुने प्रस्ताव ल्याउने तयारी गरिरहेको जानकारी गराउनुभएको छ। उहाँहरू शीर्ष तहमा अहिले पनि छलफलमा हुनुहुन्छ।’