२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको जिकिर : ‘नाडी, छाती, मस्तिष्क जाँचेर मात्रै पार्टीमा भित्र्याउँछौ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी छाडेर गएकाहरूलाई फर्किन आह्वान गरेका छन्। 

‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ससाना कुराहरूमा मूल गन्तव्यमा केन्द्रित नभएर अलमल नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘घर फर्कने आव्हान हामीले गरेका छौँ । म सबैलाई फेरि पनि आग्रह गर्न चाहन्छु– घर फर्किने आह्वान जारी छ, आउनुहोस् । वास्तवमा एमालेको मात्रै घर होइन, बुझ्ने सबै देशभक्तहरूको, प्रगतिशीलहरूको, विकास, शान्ति र सुशासन चाहने जनताको छहारी हो, घर हो अगुवा हो नेकपा एमाले । सबै जना यसमा आऊँ । म सबैलाई आग्रह गर्न चाहन्छु ।’

उनले नेकपा एसबाट आएका नेताहरूलाई महाधिवेशनमा प्रतिनिधि हुने विशेष निर्णय गरेको जानकारी गराए ।

उनले थपे, ‘यसमा विभिन्न भ्रम फिँजाउन सक्छन्, सेन्टिमेन्ट भड्काउन सक्छन् । हामी पुराना यहीँ बसेर काम गरिराखेका जान पाएका छैनौँ ।अस्ति आएका एसका मान्छेहरू, एसका कार्यकर्ता उनीहरू चाहिँ गए भनेर अनेक सेन्टिमेन्ट भड्काउन खोज्छन् ।’

पार्टी देशव्यापी रूपमा सबैभन्दा सुदृढ मजबुद बनाउन सजिलो नभएको बताए ।

ओलीले भने, ‘केही मान्छेहरू छन् वाम एकता, वाम एकता, वाम एकता भनेर घाँटी सुकिन्जेल, स्वर बसिन्जेल कराउने । हामी त्यसरी सधैँ बाम एकता, बाम एकता कराउँदैनौ । परेका बेला हामी नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी हुन भने मात्रै पार्टीमा ल्याउँछौँ ।’

वामपन्थीबाट सडिसकेका, वामपन्थी विचारबाट पतन भइसकेका, वामपन्थी उद्देश्यबाट झरी सकेका, आचरणले कुहिएकाहरूलाई वामपन्थीको नाममा नेकपा एमालेमा स्थान नरहेको उनले प्रस्ट पारे ।

ओलीले भने, ‘काम गर्ने साथीहरू एमालेमा, नगर्ने अन्त । कहाँ कहाँ म भनिरहन्नँ । म अरूलाई पनि आव्हान गर्न चाहन्छु, आउनुस् । हाम्रो पार्टीको केन्द्रीय कमिटीले आह्वान गरेको छ, त्यसपछि सचिवालयले आह्वान गरेको छ । त्यसपछि मैले दुई दुई पटक आफ्ना वक्तव्यहरूबाट आह्वान गरेको छु र साथीहरू आउने क्रम जारी छ । जिल्ला जिल्लाका, कमिटी कमिटीहरू निर्णय गरेर आइराखेका छन् । म खुसी व्यक्त गर्न चाहन्छु ।’