काठमाडौँ । आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले बैठकमा सम्बोधन गरेका छन् ।
आजको बैठकमा आइतबार हुने पार्टी एकताका विषयमा छलफल भएको सो पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।
आइतबार दिउँसो १२:०० बजे राष्ट्रिय सभागृहमा सो पार्टीले बृहत् एकता घोषणा सभाको आयोजना गर्ने भएको छ ।







