२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेड’ आन्दोलनमा गैरकानूनी बल प्रयोग भएको भन्दै ह्यूमन राइट्स वाचद्वारा विस्तृत रिपोर्ट सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपालमा हालै भएको ‘जेन जेड’ युवा आन्दोलनको क्रममा सुरक्षा निकायले गैरकानुनी बल प्रयोग गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्यूमन राइट्स वाचले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्ट अनुसार दुई दिनसम्म चलेको हिंसात्मक झडपमा कम्तीमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु, सयौँ घाइते र व्यापक निजी तथा सरकारी सम्पत्ति नष्ट भएको तथ्य औँल्याइएको छ । लुटपाट र आगजनीका क्रममा अझ धेरै मानिस मारिएका थिए ।

सो संस्थाले सरकार र सुरक्षा नियन्त्रण निकायको भूमिका बारे विश्वसनीय र स्वतन्त्र छानबिन गर्न तत्काल आग्रह गरेको छ। ह्युमन राइट वाचका अनुसार प्रदर्शन दबाउन प्रहरीले रबर बुलेट, वास्तविक गोली, अश्रुग्याँस, र अत्यधिक बल प्रयोग गरेको दृश्यहरू अहिले पनि सामाजिक सञ्जालमा उपलब्ध छन् ।

अनेकै भिडियो र प्रत्यक्षदर्शी कथनको विश्लेषणपछि सार्वजनिक सो प्रतिवेदनमा भनिएको छ, ‘सुरक्षाकर्मीहरूले कानुनी रूपमा आवश्यकभन्दा धेरै बल प्रयोग गरेका छन्, केही घटनामा घाइते प्रदर्शनकारीहरूलाई समेत कुटपिट गरिएको देखिन्छ । धेरै क्षेत्रमा निहत्था युवामाथि नजिकबाट गोली हानिएको, मेडिकल टोलीलाई अवरोध गरिएको र घाइतेहरूलाई समयमै उपचार नदिनुले मृत्यु संख्या बढाएको थियो ।’

आन्दोलन सुशासनको पक्षमा युवाहरूले स्वतःस्फूर्त गरे पनि त्यसक्रममा केही समूहहरूले संगठित हिंसा फैलाएको आशंका पनि प्रतिवेदनमा उठाइएको छ । आगजनी र लुटपाटका घटना भने योजनाबद्धरुपमा गराइएको समेत रिपोर्टमा उल्लेख छ । भदौ २४ को घटनाबारे अलग ढंगले अध्ययन हुनुपर्ने भन्दै सो संस्थाले त्यसदिन सुरक्षा निकायले त्यस्ता समूहलाई छुट दिएको जनाएको छ ।

रिपोर्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही राजनीतिक समूहहरूको भूमिकाबारे विस्तृत अध्ययन भइरहेको बताइएको छ।