२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरको नक्सा पास र अभिलेखीकरण नगरे सेवाबाट वञ्चित गरिने

अ+ अ-

चितवन । यहाँको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र अभिलेखीकरण नगर्ने नगरवासीलाई विभिन्न सेवाबाट वञ्चित गर्ने भएको छ । नगरपालिकाले आगामी पुस मसान्तसम्म अभिलेखीकरण गर्ने समयसीमा निर्धारण गरी सो अवधिभित्र पनि अभिलेखीकरण नगरेमा नगरपालिकाबाट प्रदान गरिने सेवा रोक्ने जनाएको भएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार पुस मसान्तसम्म अभिलेखीकरण नगर्ने नगरवासीको त्यसपछि घरजग्गा मूल्याङ्कनको सिफारिसमा रोक लगाउने, बैंकिङ कारोबारका लागि सिफारिस रोक्ने, कुनै पनि विपद्का घटनामा राहत तथा क्षतिपूर्ति लागि सिफारिस नगर्नेलगायत सेवा रोकिनेछ ।

पुस मसान्तपछि अभिलेखीकरण गर्नुपरेमा हाल लिइने शुल्कभन्दा दोब्बर राजस्व बुझाउनुपर्ने उनले बताए। प्रमुख प्रशासकीय अधिकृत भुसालले भने, “पालिकाले गत असारमा स्वीकृत गरेको कार्यविधिअनुसार अभिलेखीकरण गर्न हामीले सबैमा सूचित गरेका छौँ । अभिलेखीकरण नगर्दा कार्यालयबाट दिइने सेवाबाट वञ्चित बन्नुपर्ने अवस्था आउनेछ ।”

घरजग्गा नक्सा पास एवं अभिलेखीकरणबाट पालिकालाई नगरमा रहेका हरेक व्यक्तिको भौतिक सम्पत्तिको विवरण प्राप्त हुने र यहाँबाट उपलब्ध सेवामा सहज पहुँच विस्तार हुने उनले विश्वास व्यक्त गरे। उनले भने, “भौतिक सम्पत्तिको अवस्था थाहा भएपछि विकासका योजना बनाउन पनि सहज हुनेछ ।” 

कुनै विपद्का घटना भए वास्तविक क्षतिको विवरण लिन, राहत र क्षतिपूर्तिको सिफारिस गर्न सहज हुने, सुरक्षित आवासको अवधारणा कार्यान्वयन गर्न मार्ग प्रशस्त हुने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए। नगरपालिकाभित्र कुनै पनि स्वीकृत नलिई निर्माण सम्पन्न भएका घरर भवनको अभिलेखीकरण गर्न उनले सबैमा आग्रह गरे । 

भुसालका अनुसार वडामा अभिलेखीकरण गरिसकेपछि नगरपालिकाले प्रमाणीकरण गर्नेछ । दश हजारभन्दा बढी परिवार रहेको यस पालिकामा हालसम्म २१० घर अभिलेखीकरण भएका उनले जानकारी दिए ।