२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि बाँकेमा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदाता ११ हजार ७०९ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने छ हजार ४८६ सहित रहेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए । 

उनका अनुसार निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमध्ये छ हजार ८३५ पुरुष र पाँच हजार ८७४ महिला छन् । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी शाहीको भनाइ छ । 

उनले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै अझै पनि धेरैको नाम छुटेको हुनसक्ने बताए । 

“जिल्लामा नाम दर्ता गराउनेमा अधिकांश मतदाता १८ देखि २५ वर्ष उमेर समूहका छन्”, उनले भने । यहाँ २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४ मतदाता थिए । 

आगामी फागुन २१ हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको थियो । आठ स्थानीय तह रहेको बाँकेमा निर्वाचन कार्यालयमा नयाँ नाम दर्ता गराउनेमा नेपालगञ्ज र कोहलपुर नगरपालिकाका छन् ।