काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकले चार महिनापछि तलब पाएका छन् ।
गाउँपालिकाको विवादका कारण शिक्षकले तलब पाएका थिएनन् ।
विद्यालय नै बन्द गरेर गाउँपालिकामा धर्ना दिएपछि शिक्षकले तलब पाएका हुन् । दशैं तिहारमा पनि शिक्षकले तलब भत्ता पाएका थिएनन् ।
पालिकाका १६ वटा विद्यालयका शिक्षक र कर्मचारीहरूले लामो समय आन्दोलन गरेका थिए ।







