२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकाका समाचारलाई प्राथमिकता दिन आग्रह

अ+ अ-

काठमाडौँ । बालबालिकाको सरोकारका विषयलाई प्राथमिकतामा राख्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । 

बालबालिका र सञ्चार समूहले आज आयोजना गरेको बाल अधिकारसम्बन्धी अन्तरक्रियाका सहभागीहरूले बालबालिकासम्बन्धी महत्त्वपूर्ण विषयवस्तु पनि मिडियामा उजागर नहुँदा न्यायको आवाज प्रभावित हुने गरेको बताएका हुन् । 

पछिल्लो समय सूचना प्रविधिको पहुँचका कारण सामाजिक सञ्जालको दुरुपयोगले बालबालिका जोखिममा परेको भन्दै यसबारे बालबालिका र अभिभावकलाई सचेत गर्नुपर्ने पनि सहभागीको जोड थियो । 

कार्यक्रममा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) की विमला ज्ञवालीले बालबालिकाले विभिन्न नयाँ समस्या थपिँदै आएको बताउँदै सामाजिक सञ्जालको दुरुपयोगले शारीरिक र मानसिक समस्या थपिँदै गएको बताइन् ।

उनले बालबालिकासम्बन्धी धेरै विषयवस्तु समाचार माध्यममा उठान नभएको गुनासो गर्दै प्राथमिकतामा राख्न आग्रह गरिन्। 

कार्यक्रममा सञ्चारकर्मी रमेश गिरीले बालश्रम, बाल यौन दुर्व्यवहारको अवस्था र बालबालिकाको सहभागिताका सवालमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सञ्चार माध्यमले बालबालिकाको जोखिमका विषयलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके सचेतनामा योगदान पुग्ने बताए । 

कार्यक्रममा सञ्चार समूहका संयोजक गोविन्द खड्काले बालबालिकाका प्रमुख सवालबारे कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको अवस्था, सरकारी तथ्यांक र बालबालिकाको भविष्य निर्धारणमा मिडियाको भूमिकाबारे चर्चा गरेका छन् ।

कार्यक्रममा सिविसका परियोजना संयोजक उमंग मैनालीले बालश्रम, जोखिममा रहेका बालबालिका, उनीहरूको शिक्षा, स्वास्थ्यको सवाल, उद्धार गरिएका बालबालिका, कानुनी सहायता, अभिभावकको जीविकोपार्जनलगायत विषय  उठान गर्न सके समस्या समाधानमा राज्यलाई दबाब पुग्ने बताए ।