२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि महाधिवेशनमा जाने कुरा काँग्रेसका लागि प्रत्युत्पादक हुने डा. प्रकाश शरण महतको दाबी

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले चुनावअघि पार्टीको महाधिवेशन हुने कुनै आधार आफूले नदेखेको बताएका छन् ।

उनले समय कम भएकाले चुनावअघि महाधिवेशन गर्न सहज नभएको बताएका हुन् ।

उनले भने, ‘पुसभित्र महाधिवेशन हुने कुनै सम्भावना देख्दिनँ । निर्वाचनमा जाने कुरा प्रत्युत्पादक पनि हुन्छ । सबै विधि प्रक्रिया पुर्‍याएर गर्न भ्याइँदैन । भन्नलाई त आजै गर्छु भोलि नै गर्छु भने पनि भयो नि ।’

उनले कार्यवाहक सभापतिले नै सहमति जुटाउँछु भनेर छलफल गरिरहेको बताए । सभापतिसँग पार्टीका सबै नेताहरूले आ-आफ्नो कुरा राखिसकेको सुनाए ।

उनले थपे, ‘हामीले आ-आफ्नो कुरा सबैले सभापतिलाई भनिसकेका छौँ। कार्यवाहकलाई पनि भनेका छौँ। उहाँले सभापतिसहित अरू नेताहरूसँग कुरा गर्नुहुन्छ । त्यसकै आधारमा सहमतिको प्रयास हुँदै छ ।’

काँग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्नेमा चर्को विवाद छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला चुनावअघि महाधिवेशनको पक्षमा उभिए पनि संस्थापन पक्ष विभाजित छ । संस्थापन पक्षमा रहेका पूर्वपदाधिकारीहरू भने चुनावअघि महाधिवेशन गर्नै नहुने पक्षमा उभिएका छन् ।