२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च जलाएको आरोपमा पक्राउ परेका ढुंगेललाई तत्काल छाड्न अखिल क्रान्तिकारीको माग

अ+ अ-

काठमाडौँ। अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा सहभागीहरूलाई फोटो र भिडियोको आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ।

समितिका इन्चार्ज निरोज श्रेष्ठले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीमाथि भएको दमन, गिरफ्तारी र राजनीतिक प्रतिशोधको कार्य तत्काल बन्द गर्न सरकारलाई माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पसका पूर्व अध्यक्ष, नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति, अधिवक्ता विष्णु ढुङ्गेललाई सर्वोच्च अदालतमा लागेको आगलागीको प्रमुख अभियुक्तका रूपमा देखाई सरकारले गरेको गिरफ्तारीप्रति अखिल (क्रान्तिकारी) उपत्यका विशेष समितिले घोर भर्त्सना गर्दछ ।’ ढुंगेल सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका थिए।

आन्दोलनका क्रममा विद्यार्थीमाथि दमन गरी ७२ जनाको हत्या गर्न आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, काठमाडौँका तत्कालीन सिडिओ, प्रहरी नेतृत्व तथा आन्दोलनलाई हाइज्याक गरेर प्रहरीको हत्या गराउने व्यक्तिहरूलाई छानबिन र कारबाही नगरी उल्टै विद्यार्थीमाथि सरकार खनिनु अत्यन्तै आपत्तिजनक रहेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३/२४ गतेका घटनाहरूको छानबिन गर्न जाँचबुझ आयोग गठन भइसकेको सर्वविदितै छ । ती घटनाहरूको छानबिन आयोगभित्रबाटै निष्पक्ष रूपमा हुनुपर्छ भन्दै हामी गम्भीर ध्यानाकर्षण पनि गराउन चाहन्छौँ । भदौ २३ र २४ गतेको तस्बिर र भिडियो क्लिप मात्रलाई आधार बनाएर योजनाबद्ध रूपमा गरिएको गिरफ्तारी किमार्थ स्वीकार्य छैन ।’

भदौ २४ मा देखिएका तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न वास्तविक घुसपैठ समूह माथि मात्र कानुनी कारबाहीको माग गर्दै विष्णु ढुंगेललगायत अन्य युवा विद्यार्थीलाई बिना सर्त तुरुन्त रिहाइ गर्न माग गरेको छ।