२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीका नीति र विचार जनताले थाहा पाउनुपर्ने भन्दै बाहिर नबोल्नू भन्नेलाई योगेशले फर्काए जवाफ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सार्वजनिक बहसबाट पार्टी आपत्ति नहुने बताएका छन् ।

आसन्न महाधिवेशनबारे भिडिओ सन्देश जारी गर्दै जेन जेड आन्दोलनपछि मुख्य पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मुख्य राजनीतिक दलहरूमा तीव्र छलफल भइरहेको छ । एमाले महाधिवेशनको तयारीमा छ, काँग्रेस आन्तरिक विषयमा गम्भीर छलफलमा छ । अन्य दलहरू पनि आन्तरिक छलफलमा छन् । तर, मैले जब पार्टीको नीतिको विषयमा बहस गर्छु त्यति बेला हाम्रो पार्टीको कतिपयले यो पार्टीको विषय सार्वजनिक ठाउँमा किन बहस गरिराख्नुभएको छ । यो कुराले मलाई छोयो ।’

वास्तवमा पार्टीका आन्तरिक विषयहरू सार्वजनिक महत्त्वका विषय हुने भएकाले जनताले थाहा पाउनुपर्ने उनको तर्क छ ।

उनले थपेका छन्, ‘एमाले, काँग्रेसजस्ता जनताको मन जितेर राज्य सत्ताको पटक(पटक नेतृत्व गरेका, जनप्रतिनिधिमूलक निकाय पटक(पटक प्रतिनिधित्व गरेका पार्टीहरूले आफ्ना नीति र विचारहरू आम जनता र नागरिकको बीचमा छलफल गर्न आवश्यक छ कि छैन ? गम्भीर विषय हो ।’

पार्टीका आन्तरिक कतिपय व्यक्ति व्यक्तिका विषयहरू धेरै सार्वजनिक बहसमा ल्याउनु नहुने पार्टीले राख्नुपर्ने गोपनीयताबारे आफूलाई जानकारी रहेको समेत उल्लेख गरेका छन् ।

मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा अथवा भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोणको विषयमा कुनै पनि राजनीतिक दलले मुलुकको आर्थिक, सामाजिक, स्वास्थ्य, रोजगारी, युवालगायतका नीतिबारे छलफल गर्नु पार्टीको गोपनीयताको विषय नहुने उनको मत छ ।

उनले सार्वजनिक बहसबाट नआत्तिन आग्रह गर्दै पार्टीले जनताको विश्वास जितेर बहुमत प्राप्त दल हुँदै सरकार बनाउन आवश्यक रहेको बताए ।