२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडाका दुई पेट्रोल पम्पलाई इन्धन नदिन आयल निगमलाई पत्राचार

अ+ अ-

काठमाडौँ। सडक डिभिजन कार्यालय हेटौँडाले राष्ट्रिय राजमार्गको सार्वजनिक जग्गाभित्र बनेका दुई पेट्रोल पम्पलाई इन्धन नदिन नेपाल आयल निगमलाई पत्राचार गरेको छ ।

कार्यालयले हेटौँडा उपमहानगरपालिका-१०, स्थित बलरामदास पेट्रोल पम्प र ४ नम्बर वडाको ओम आयललाई त्यहाँबाट तत्काल स्थानान्तरण हुन र नेपाल आयल निगमलाई ती पम्पहरूमा इन्धन आपूर्ति नगर्न पत्राचार गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयले हेटौँडाको मुख्य बजार क्षेत्रका महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारको तयारी गरिरहेको छ ।

राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल, एलपी ग्यास फिलिंग स्टेसन स्थापना सम्बन्धी मापदण्ड–२०७८ अनुसार प्रक्रिया पूरा नगरेसम्म इन्धन आपूर्ति नगरी सडक सीमा संरक्षण कार्यमा समन्वय गरिदिन आयल निगमलाई गरिएको पत्राचार भनिएको छ । महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमाभित्र पर्ने अन्य पेट्रोल पम्पहरूको नक्शांकन भइरहेको र सार्वजनिक जग्गामा बनेको पाइए कारबाही अगाडि बढाइने छ ।

सडक डिभिजन हेटौँडाले त्रिभुवन राजपथको सडक सीमासँगै जोडिएको मकवानपुर उद्योग वाणिज्य संघलाई पनि संरचना हटाउन पत्राचार गरिसकेको छ । हेटौँडा उपमहानगरपालिका कार्यालयलाई पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताल बाहिरको र नगर क्षेत्रभित्र रहेका अन्य संरचना हटाउन पत्राचार गरिसकिएको बताइएको छ ।

सडक डिभिजन कार्यालयको पत्राचारपछि हेटौँडा वितरण केन्द्र, नेपाल विद्युत् प्राधिकरण हेटौँडाले सडक सीमाभित्र निर्मित संरचनामा रहेका विद्युतको मिटर बक्सलगायत विद्युतीय उपकरणहरूको व्यवस्थापन तथा स्थानान्तरण गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

सडक डिभिजन हेटौँडाले हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक विस्तारका लागि स्थायी तथा अस्थायी संरचना हटाउन गत ५ मंसिरमै १५ दिनको अल्टिमेटम दिइसकेको छ । आगामी १९ मंसिरसम्म सडक सीमा केन्द्र रेखादेखि २५-२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउने समयसीमा तोकिएको हो ।

रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५र२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरू हटाउन भनेको हो । २० मंसिरदेखि हेटौँडाको मुख्य बजार क्षेत्रभित्र पर्ने दुई राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।