काठमाडौँ । नेकपा एमालेले पार्टीको एघारौँ महाधिवेशनका लागि देशैभर एकसाथ प्रतिनिधि छनौट गरेको छ। प्रतिनिधि छनौटका लागि मंसिर ११ गते मनोनयन दर्ता गरिएको थियो।
केही क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि छनौट गरिएको छ भने केही क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनौट गरिएको एमालेले जनाएको छ।
महाधिवेशनका लागि संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरू सहित करिब २ हजार प्रतिनिधि छनौट गरिएको छ भने प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनौट हुने बताइएको छ ।







