काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले चुनावमा उम्मेदवारको आधिकारिकताका लागि अध्यक्ष परिषद्मा रहेका सन्तोष परियारको नाम निर्वाचन आयोगमा पठाएको छ ।
प्रलोपाको अध्यक्ष परिषद्मा पाँच जना छन् । तर निर्वाचन प्रयोजनका कामका लागि एक जनाको हस्ताक्षर आवश्यकता पर्ने भएकाले परियारलाई तोकेको हो ।
पार्टीले पार्टीको केन्द्रीय समितिमा रहने व्यक्तिहरूको नाम पनि अद्यावधिकका लागि पठाएको छ । यो पार्टीले चुनावी प्रयोजनका लागि दल दर्ता गरिसकेको छ ।







