२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेड आन्दोलन क्रान्ति नभई प्रतिक्रान्ति हो’-एमाले उपाध्यक्ष बादल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जेन जेड आन्दोलनलाई क्रान्ति नभई प्रतिक्रान्ति भएको टिप्पणी गरेका छन्। प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताद्वारा जनताको निम्ति जेनजेड आन्दोलन नभएको बताए ।

उनले भने, “जनताको हातबाट राजनीतिक सत्ता प्रतिगामी शक्तिको हातमा जानु नै प्रतिक्रान्ति हो। दुई तिहाइको जनमत पाएर बनेको निर्वाचित एमाले नेतृत्वको सरकार संविधानका धाराहरू मिचेर बलपूर्वक हटाइयो-यो क्रान्ति होइन। नागरिकको हातबाट गैर-नागरिकको हातमा सत्ता पुगेको छ।”

बादलले आफूहरूले राजतन्त्रको हातबाट जनताको हातमा सत्ता ल्याउन ०६२/६३ को आन्दोलन गरेको स्मरण गर्दै अहिले प्रतिक्रान्ति स्थापित गर्न राजनीतिक दलको नेतृत्व परिवर्तन गर्ने चलखेल बढेको आरोप लगाए।

उनले थपे, “लोकतन्त्र स्थापनामा भूमिका खेलेका सबै दलहरूको शीर्ष नेतृत्वलाई कमजोर पारेर प्रतिक्रान्तिलाई वैधानिकता दिन खोजिएको छ। केवल नेताहरूलाई सिध्याएर प्रतिक्रान्ति वैध हुँदैन।”