२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ’-उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकार (स्लिप डिसअडर्स)को चुनौतीसँग लड्न थप सचेतनासँगै अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

आज आयोजित नेप्लिज सोसाइटी अफ स्लिप डिसअडर्सको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले पछिल्लो समय व्यस्त जीवनशैली, अस्वस्थ खानपान, प्रविधिको बढ्दो प्रयोगलगायत कारणले निद्रासम्बन्धी विकारको बढ्दै गएकाले यस्ता चुनौतीलाई समयमा नै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति यादवले मानसिक तनाव, बेरोजगारी, आर्थिक असुरक्षा तथा मधुमेह, उच्च रक्तचाप जस्ता रोगले निद्रामा गहिरो असर पारिरहेकाप्रति सचेत हुन सबैलाई सुझाव दिए । “आधुनिक जीवनशैली, सहरीकरण, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले स्लिप डिसअडर्सको समस्या गम्भीर बन्दै गएको छ”, उनले भने, “यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ ।”

उनले विद्यालयदेखि समुदायसम्म निद्राको महत्त्वबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै निन्द्रसम्बन्धी समस्या समाधान गर्नेतर्फ सरोकार भएकाले पहल गर्नुपर्ने बताए । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सङ्ख्या बढाउन, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई प्राथमिकताका साथै नेपालमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनुपर्ने उनको भनाइ छ ।  

“निद्राजन्य विकारले व्यक्तिगत मात्र नभई सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष असर पार्न सक्छ”, उपराष्ट्रपति यादवले भने, “नियमित र स्वस्थ जीवनशैली, ध्यान, योग, शारीरिक व्यायाम र विशेषज्ञ चिकित्सकसँगको परामर्शलाई प्राथमिकता दिएर यसका असरलाई न्यूनीकरण गर्न सकिन्छ ।”

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा नीति निर्माताको सक्रिय सहभागिता रहेको यस सम्मेलनले नयाँ विचार, अनुसन्धानका अवसर र सहकार्यका सम्भावना सिर्जना गर्नेसमेत उनले विश्वास व्यक्त गरे ।