२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीको सक्रियतासँगै अवैध कारोबारमा कमी

अ+ अ-

रौतहट । सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको सक्रियतासँगै सीमा नजिकको भारतीय बजार घोडासाहनतर्फबाट हुने गरेको अवैध कारोबार उल्लेख्य मात्रामा घटेको छ ।

सशस्त्र प्रहरीको सक्रियतासँगै विशेषगरी खाद्यान्न तथा तरकारी, औषधि, लत्ताकपडा, रक्सी, सुर्तीजन्य पदार्थ, खेलौना, मोटरसाइकल, मोबाइलसहित विभिन्न उपकरणका पार्टस्लगायतका सामानमा हुने अवैध कारोबारमा कमी आएको र यस किसिमको गैरकानुनी धन्धामा सक्रिया पक्ष निरुत्साहित देखिएको बौधिमाई नगरपालिका–९ सरमुजवाका समाजसेवी वृजभूषण मिश्र बताउँछन् ।

उनले भने, “पछिल्लो समय सरमुजवास्थित सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले अवैध धन्दा न्यूनीकरण तथा नियन्त्रण गर्ने अभियानका साथ विशेष सक्रियता अपनाएपछि सँगैको भारतीय बजार घोडासाहन हुँदै सामान ल्याउने समूह छट्पटिएर अन्यत्र पलायन भएको अवस्था छ । तस्करीमा रमाउँदै आएकाहरू अहिले तितरबितर भएका छन् ।”

अवैध सामान जफत गरी त्यसमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्ने क्रम बढेपछि जिल्ला सदरमुकाम गौरबाट टाढा पर्ने यस सरमुजवा नाकाबाट अवैध सामान ओसारपसार तथा कारोबार हुने क्रम घटेको स्थानीयको भनाइ छ ।

सशस्त्र प्रहरी वल सरमुजवाका प्रहरी निरीक्षक परशुराम लामिछानेले सशस्त्र प्रहरीको सक्रियतासँगै उल्लेख्य परिणाममा अवैध सामान बरामद गर्न प्रहरी सफल भएको र सीमापारिबाट भन्सार छली भित्रिने वस्तु तथा सामान नगण्य अवस्थामा रहेको जानकारी दिए ।

सीमा सशस्त्र प्रहरी बल, सरमुजवाले साढे तीन महिनामा भन्सार छली गरेर ल्याइएको रु १३ लाख ८२ हजार २६९ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेको जनाएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, बोर्डरआउटपोष्ट (विओपी) रामपुरखापका सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालले गत भदौदेखि मङ्सिर २२ गतेसम्म रु ११ लाख ९७ हजार २८० मूल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको जानकारी दिए ।