काठमाडौँ । नेपाल सरकारले देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने म्याराथन धावक एवं ओलम्पियन जीतबहादुर केसीलाई सम्मान स्वरूप नगद रु. २५ लाख प्रदान गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
पूर्वम्याराथन धावक एवं ओलम्पियन केसीले सन् १९७३ मा फिलिपिन्सको मनिलामा आयोजना भएको पहिलो एसियाली एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक हासिल गरेका थिए।







