२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापा धनकुटाबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सिफारिस

अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा प्रत्यक्ष तर्फका उम्मेदवारका रूपमा सिफारिस भएका छन्। 

नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आज बसेको जिल्ला पदाधिकारी, महासमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जिल्ला सभापति दिनेश राईले जानकारी दिए।

उनका अनुसार महामन्त्री थापा काँग्रेसको भावी सभापति तथा प्रधानमन्त्रीका रूपमा समेत हेरिएकाले जिल्लाबाट उनको नेतृत्व सक्षम विकल्पका रूपमा प्रस्तुत गरिएको हो। 

जिल्ला सभापति राईका अनुसार विगतमा पनि सूर्यबहादुर थापा, नगेन्द्र प्रसाद रिजाल र वर्तमान प्रधानमन्त्री सुशीला कार्की धनकुटा प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेको इतिहास भएकाले पनि थापाको नेतृत्व सक्षम विकल्पका रूपमा प्रस्तुत गरिएको हो। 

बैठकले प्रत्यक्षतर्फका लागि जिल्ला सभापति दिनेश राई, पूर्व जिल्ला सभापति मनोहरनारायण श्रेष्ठ र हरिकुमार राई लगायतको नाम समेत सिफारिस गरिएको जिल्ला सचिव विजयसन्तोषी राईले बताए।

त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, संविधान सभा सदस्य लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई र पूर्वजिल्ला सचिव रविन्द्र नेपाली लगायतका नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा कमोट फागो, सिता प्रधान लगायतका नामहरू सिफारिस गरिएको नेपाली काँग्रेस धनकुटाले जनाएको छ।