काठमाडौँ । नेपाल इन्जिनियरिङ परिषद्ले लोक सेवा आयोगको सहमति तथा पदपूर्ति समितिको निर्णयअनुसार रिक्त रहेको कार्यालय सहायक पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भएको छ।
परिषद्ले आज एक सूचना जारी गर्दै लोक सेवा आयोगबाट सञ्चालित पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण गरी आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।
योग्यता पुगेका उम्मेदवारहरूले परिषद्को वेबसाइट vacancy.nec.gov.np मा गई साइन अप/लगइन गरी अनलाइन आवेदन दिन सक्नेछन्।
यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०८२ पुस १७ गतेसम्म र दोब्बर दस्तुर तिरी थप ७ दिन अर्थात् २०८२ पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ।








