२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन

अ+ अ-

खोटाङ । यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा उत्पादित सुन्तला प्रतिकिलो सरदरमा रु १०० का दरले बिक्री गर्दा यो वर्ष रु ३४ करोड १० लाख आम्दानी हुने केन्द्रका अर्थविज्ञ दीपक चौहानले जानकारी दिए ।

“यो वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकाबाट रु चार करोड ५० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ”, उनले भने, “कृषक आफैँले बजार लगेर बिक्री गर्दा प्रतिकिलो रु १३० सम्म पर्छ । कृषकबाट खरिद गरिएका सुन्तला व्यापारीले प्रतिकिलो रु १५० मा बिक्री गर्छन् ।”

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाका १० वटै स्थानीय तहमा गत वर्षको तुलानामा यसवर्ष १५ हेक्टर जमिनमा सुन्तला उत्पादन घटेको छ । गत वर्ष ९९५ टेक्टरमा सुन्तला उत्पादन भएकामा यस वर्ष विभिन्न रोगको सङ्क्रमणका कारण ९८० हेक्टर खेती गरिएको छ।

व्यावसायिक सुन्तलाखेती गरिरहेका जन्तेढुङ्गा–६ दिप्लुङका जगत किरातीले यो वर्ष रु सात लाख आम्दानी गरेको जानकारी दिए । “यातायातको सुविधाले यस वर्ष बगानबाटै सुन्तला बेचियो”, उनले भने, “सुन्तलाखेतीलाई विस्तार गरिरहेको छु । आगामी वर्ष अझ बढी आम्दानी हुने अनुमान छ ।”

फलफूल तथा तरकारीको व्यावसायिक खेती गर्नुभएका किरातीले २५० वटा बोटमा फलेका सुन्तला बेचेर मङ्सिरमा मात्रै रु सात लाख आम्दानी भएको जानकारी दिए। दिप्लुङका किराती मात्र नभई अन्य कृषकले सुन्तला बिक्रीबाट लाखौँ आम्दानी गरेका गाउँपालिकाले जनाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाको घोर्ले, सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, खुटा, कात्तिकेलगायत क्षेत्रका किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । बुढापाकाले खानका लागि रोपेका सुन्तला यातायातको सुविधा आएसँगै आम्दानीको स्राते बन्न थालेको कृषकहरूको भनाइ छ ।

जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले गाउँका कृषकले यसवर्ष रु एक करोड बढीको सुन्तला बिक्री गरेका गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिए ।

“घोर्लेमा ३१ परिवारको बसोबास छ । सबैका घरमा सुन्तलाको बगान छन् । सबै घरले हरेक वर्ष रु तीन लाख बढीको सुन्तला बिक्री गर्छन्”, उनले भने, “घोर्लेमा पुर्खाकै पालादेखि सुन्तला उत्पादन हुन्थ्यो । पहिले खानका लागि पुर्खाले रोपेका सुन्तला अहिले आम्दानीको स्रोत बनेको छ । यसलाई प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट सहयोग गर्दै आएका छौँ ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका कृषक रामबहादुर कुँवरले यो वर्ष सुन्तलाबाट कम्तीमा रु १२ लाख आम्दानी हुने अनुमान गरेका छन् । गत वर्ष रु नौ लाख आम्दानी भएकामा यो वर्ष उत्पादन बढेकाले आम्दानी बढ्ने उनले बताए ।

खोटेहाङ गाउँपालिकाका किसानले सुन्तला बिक्रीबाट बर्सेनि लाखौँ आम्दानी गर्ने वडा नम्बर ६ इन्द्रेणी पोखरीका युवा कृषक इन्द्र नारथुङेले बताए । गाउँपालिकामध्ये सबैभन्दा ठूलो (नौ वडा रहेको) यो पालिकामा गत वर्षको तुलनामा यसवर्ष सुन्तलाको उत्पादन घटेको कृषकहरूले बताएका छन् ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार यसवर्ष रावाबेँसी गाउँपालिकामा सुन्तलाको उत्पादनमा कमी आएको छ । खोटाङमा सुन्तलाको राजधानी भनेर चिनिने रावाबेँसी–३ लामीडाँडामा रोग र सङ्क्रमणले क्षति पुर्‍याउँदा उत्पादन घटेको केन्द्रका अर्थविज्ञ चौहानले जानकारी दिए ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङका कृषकले उत्पादन गरेका सुन्तलामा यसवर्ष बगानबाटै बिक्री भएका स्थानीय शुभचन्द्र राईले जानकारी दिए । खार्मीमा उत्पादित सुन्तला सालपा कृषि कम्पनी खोटाङले प्रतिकिलो रु ६० मा खरिद गरेको छ ।