२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेन जेड पुस्तालाई राख्न दबाब

अ+ अ-

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटीमा जेन जेड पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने आवाज उठेको छ । एमाले प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् ।

४० वर्ष मुनिबाट प्रतिनिधित्व गरेर महाधिवेशनमा सहभागीहरूलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्नेबारे छलफल भइरहेको गौतमले जानकारी दिए । त्यसको क्लस्टर तयार पार्न पार्टी नेतृत्वलाई जिम्मा दिइएको उनको भनाइ छ ।

‘अन्डर फोर्टी भनेर जो प्रतिनिधि आएका छन्, त्यसको क्लस्टर तयार गर्न नेतृत्वलाई जिम्मेवारी दिइएको छ । पुराना विद्यमान क्लस्टरहरुमा युवाहरूको प्रतिनिधित्व गराउने कुरामा पार्टी केन्द्रीय कमिटी सदस्यहरूको विशेष जोड छ,’ उनले भने, ‘त्यसमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराइएको छ । अझै भनेर भन्दा अन्डर फोर्टीको १५ प्रतिशतसम्म हुनुपर्छ भन्ने आवाज उठेको छ ।’

उनले यस विषयलाई छलफल गरेर अन्तिम निष्कर्षमा पुर्‍याउने बताए । नेकपा एमालेको दसौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले गत भदौमा आयोजित विधान महाधिवेशनबाट कायम २५१ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ । त्यसमा पहिलेको वरिष्ठ उपाध्यक्ष पद हटाएको छ ।

अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना बनाइएको छ । कुल ३०१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी बनाइने छ । केन्द्रीय कमिटीले गरेको सो निर्णय महाधिवेशनको बन्द सत्र हलबाट अनुमोदन गराइने छ ।