२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड’ : स्वास्थ्य मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले स्वास्थ्य क्षेत्रको समग्र सुधार र जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताएकी छन् ।

देशकै पहिलो छात्रा स्कुल ‘कन्या मन्दिर मावि’को अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै स्वास्थ्य मन्त्री डा. शर्माले शिक्षाबाट महिला वञ्चित भए घरपरिवार, समाज र देश नै पछि पर्ने भएकाले महिला शिक्षामा जोड दिएकी हुन् ।

मुलुकमा कूल जनसंख्याको आधा हिस्साभन्दा बढी महिला रहेको प्रसंग उल्लेख गर्दै उनले भनिन्, “सहरबजारकै बासिन्दासमेत निरक्षर रहेको राणाकालीन समयमा खुलेको कन्या मन्दिर माविले महिलालाई साक्षर र सक्षम बनाउन अतुलनीय भूमिका निर्वाह गरेको छ । विसं २००४ मा स्थापना भई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयबाट उत्पादित विद्यार्थीमध्ये धेरै जना दक्ष चिकित्सक, इन्जिनियर, उच्च ओहोदाका राष्ट्रसेवक कर्मचारी, प्राध्यापक, उद्यमी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सफल भएका छन् । आफू पनि यसै विद्यालयको विद्यार्थी हुनुका नाताले कन्या मन्दिर माविप्रति सदैव गर्व गर्दछु । राम्रोसँग पढी देश र जनताप्रति समर्पित हुन सबै विद्यार्थीसँग अनुरोध गर्दछु ।”

सो अवसरमा मन्त्री डा. शर्माले कक्षा ११ र १२ मा विज्ञान विषय लिइ अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यसहित रु पाँच लाख प्रदान गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले आवश्यक स्रोतसाधनको व्यवस्थासहित शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउँदै गुणस्तरीय शिक्षाका पक्षमा खटिएर शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताए।

विद्यालयका प्रधानाध्यापक घनश्याम न्यौपानेले उत्कृष्ट नतिजासहित प्रवेशिका परीक्षामा निरन्तर बोर्डमा आउन सफल विद्यालयको शैक्षिक गुणस्तर क्रमशः खस्कन थालेकामा सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका अवस्थामा विद्यालय व्यवस्थापन समिति, आमअभिभावक, शिक्षक तथा कर्मचारीको सहयोगमा शतप्रतिशत नतिजासहित देशकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न सफल भएको बताए ।

काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटीमा रहेको सो विद्यालयमा हाल एक हजार २०० छात्राले अध्ययन गरिरहेको र गत एसइईको परीक्षामा एक विद्यार्थीले चार जिपिएसहित सबै उत्तीर्ण भएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।   

सो विद्यालयको ७९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट काम गर्ने शिक्षक तथा कर्मचारी र एसइईलगायत परीक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।