२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरप्रादेशिक रुट इजाजत विवादमा सर्वोच्चको आदेश कार्यान्वयन गर्न माग

अ+ अ-

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तर प्रादेशिक रुट इजाजत पत्र सम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

विधिवत् रूपमा रुट अनुमति लिएका र इजाजतको अवधि बहाल रहेका सवारी साधनमाथि समेत ट्राफिक प्रहरीले लगातार कारबाही गरेपछि महासंघले यसप्रति आपत्ति जनाएको हो ।

अनुमति प्राप्त सवारीमाथि भइरहेको यस्तो कारबाही असंवैधानिक र कानुनी सिद्धान्तविपरीत रहेको महासंघको ठहर छ ।

यातायात व्यवस्था विभागले २०८० जेठ ७ गते जारी गरेको पत्रका आधारमा व्यवसायीमाथि कारबाही सुरु भएपछि महासंघले कानुनी उपचारका लागि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले २०८० भदौ ७ गते विभागको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले रुट इजाजतको म्याद बाँकी रहेका सवारी साधनलाई कानुनी सुरक्षा प्रदान गरे पनि व्यवहारमा भने त्यसको पालना हुन नसकेको व्यवसायीहरूको गुनासो छ ।