काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
बुधबार बिहान ९:१५ बाट सुरु भएको मतदान बिहीबारसम्म अन्तिम चरणमा पुगेको हो ।
२ हजार २ सय ६३ मतदाता रहेकोमा बिहान पाँच बजेसम्म २ हजार ९१ मत खसिसकेको छ । मतदान सकिएको २-३ घण्टामा नै परिणाम सार्वजनिक हुने आयोगका प्रतिनिधिहरूले जनाएका छन् । एमालेको निर्वाचन आयोगले बिहान ५ बजेभित्र मतदान केन्द्र भित्र पसिसक्न सूचना जारी गरेको छ ।







