काठमाडौँ । विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालयहरू दुई दिन बन्द गर्ने निर्णय गरेको छ।
चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाका अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरिएको छ।
शुक्रबार भुवा पर्वको बिदा र शनिवार सार्वजनिक बिदा भएकाले नगरपालिकाले ६ र ७ गते बिदा दिने निर्णय गरेको छ।
कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि मौसममा आएको परिवर्तनका कारण हुस्सु, कुहिरो र शीत लहर चल्न थालेको छ।







