२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

अ+ अ-

त्रिवेणी (नवलपरासी) । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताए। 

सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा कावासोती नगरपालिकाको प्रवर्द्धन तथा कावासोती नगरपालिका-१६ र नवलपुर जिल्ला फुटबल सङ्घको समन्वयमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा देशभरका १२ वटा टिमको सहभागिता रहने छ । सबै खेलहरू कावासोती–१६, डण्डा बजारस्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा सञ्चालन हुनेछन् ।

प्रतियोगिताको विजेता टिमले रु तीन लाख एक हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले रु एक लाख ५० हजार नगद पुरस्कार हात पार्नेछ । यस्तै सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई जनही रु २५ हजार प्रदान गरिने खेलका आर्थिक संयोजक तेजबहादुर केसीले जानकारी दिए ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र कावासोती क्षेत्रलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलोपटक कावासोती गोल्डकप गर्न लागिएको र आगामी वर्षहरूमा समेत यसलाई निरन्तरता दिँदै जाने आयोजक संस्थाका अध्यक्ष अर्यालले बताए । “हामीले पहिलोपटक प्रतियोगिता सुरु गर्दैछौँ, खेल क्षेत्रको विकास गर्न, स्थानीय खेलाडी उत्पादन गर्न प्रतियोगिता फलदायी हुन्न भन्ने छ, त्यसैले यसलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिने छौँ”, अध्यक्ष अर्यालले भने ।