काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ सुरु भएको भेटवार्ता अहिले पनि जारी रहेको जनाइएको छ ।
भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थितिलगायत विभिन्न विषयमा छलफल भइरहेको बुझिएको छ ।
भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा। स्वर्णीम वाग्ले, डिपी अर्याल, सोभिता गौतम र कवीन्द्र बुर्लाकोटीलगायत सहभागी छन् ।







