२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ

अ+ अ-

काठमाडौँ । अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष र अन्तरराष्ट्रिय श्रम सङ्गठनले आज यहाँ एक कार्यक्रमका बीच अभियान प्रारम्भ गरेको हो । त्यस अवसरमा सामाजिक सुरक्षासम्बन्धी कार्य गर्दै आएका स्थानीय तह, सरोकार भएकाहरू र पत्रकार थिए । 

अभियानसम्बन्धी सन्देशमूलक भिडियो सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं खानेपानी मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकका सामाजिक सुरक्षा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै नीतिगत व्यवधान हटाउन आफू तत्पर रहेको उल्लेख गरे । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सामाजिक सुरक्षा नागरिकहरूलाई राज्य छ भन्ने अपनत्व महसुस गराउने प्रभावकारी माध्यम हुने बताए।  सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले २०७५ सालदेखि सुरु भएको सामाजिक सुरक्षा कोषमा हालसम्म २६ लाख ५० हजार नागरिक आबद्ध भएका जानकारी दिए ।  

कार्यक्रममा दिइएको जानकारीअनुसार ११४ भन्दा बढी पालिकाले कोषसँग सम्झौता गरे पनि आठ वटा पालिकाले मात्र त्यसलाई कार्यान्वयन गरेका छन् । 

अन्तराष्ट्रिय श्रम सङ्गठन(आईएलओ) का देशीय निर्देशक  नुमान ओज्कानले सामाजिक सुरक्षामा श्रमिक आबद्ध हुनु भनेको आफ्नो र परिवारको भविष्यलाई सुरक्षित गर्नु हो भने ।