२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीसमक्ष ज्ञापन पत्र पेश

अ+ अ-

काठमाडौँ । सिरहाको बरियारपट्टी गाउँपालिका-३ मा रहेको छोटी भन्सार कार्यालय बन्द गरिने चर्चा चलिरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा जेन जेड युवाले भन्सार कार्यालय यथावत् राखी स्तरोन्नति गर्न माग गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ज्ञापन पत्र बुझाएका छन् ।

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा आज जेन जेन युवाको तर्फबाट शिव यादव, सन्तोष यादवलगायतले अर्थमन्त्री खनाललाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

ज्ञापन पत्र बुझाउँदै जेन जेड युवा सन्तोष यादवले भने, “शिव यादवलगायत यहाँका आम युवाले पहिलेदेखि नै बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिका लागि पहल गरिरहनुभएको छ । आशा छ, यो भन्सार छिट्टै स्तरोन्नति हुन्छ । चार पाङ्ग्रे सवारीसाधनको आवतजावत खुलेपछि यस क्षेत्रका नागरिक र व्यापारीलाई ठूलो सहयोग पुग्नेछ ।”

स्थानीयका अनुसार बरियारपट्टी छोटी भन्सार कार्यालय बरियारपट्टी बजारको मध्य भागमा अवस्थित छ । यस भन्सारबाट सिरहा जिल्लासहित आसपासका लाखौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन् । 

बरियारपट्टी, औरही, अर्नामा, नवराजपुर, लक्ष्मीपुर पतारी गाउँपालिका तथा सुखिपुर, धनगढीमाइ, गोलबजार र लहान नगरपालिकाका केही वडाका नागरिक तथा साना-ठूला व्यापारीहरूले यस भन्सारमार्फत घरायसी तथा व्यावसायिक सामग्रीको आयात–निर्यात गर्दै आएका छन् ।

भौगोलिक रूपमा नेपालतर्फको बरियारपट्टी बजार र भारततर्फको लदनियाँ बजार सिँधै जोडिएको हुँदा यस भन्सारको आर्थिक तथा व्यापारिक महत्व उच्च रहेको स्थानीयको भनाइ छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु ७० लाख छ हजार राजस्व संकलन गरेको तथ्याक उल्लेख गरिएको छ । ज्ञापन पत्रमा बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द नगरी यथावत् सञ्चालन गर्न, आवश्यक पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्न र चार पाङ्ग्रे सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ ।