२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी ५ वर्षसम्म क्षेप्यास्त्र विकास जारी राख्ने उत्तर कोरियाका नेता किम जोङ उनको संकेत

अ+ अ-

काठमाडौँ। उत्तर कोरियाली नेता किम जोङ उनले आगामी पाँच वर्षसम्म क्षेप्यास्त्र विकास जारी राख्ने संकेत गरेका छन् ।

२०२५ को अन्तिम त्रैमासिकमा प्रमुख हतियार उद्यमहरूको भ्रमणका क्रममा उनले हतियार उद्यमहरूको आधुनिकीकरणमा जोड दिएको राज्य सञ्चारमाध्यम केसीएनएले शुक्रबार जनाएको छ ।

केसीएनएका अनुसार किमले भने, ‘युद्ध निवारक क्षमता बढाउन देशको क्षेप्यास्त्र र गोला उत्पादन क्षेत्र अत्यन्त महत्त्वपूर्ण छ ।’

किमले २०२६ को सुरुवातमा हुने पार्टी कंग्रेसमा पेश गर्नका लागि प्रमुख हतियार उद्यमहरूको आधुनिकीकरणका लागि मस्यौदा कागजातलाई अनुमोदन गरेको केसीएनएले जनाएको छ । यसले आगामी पाँच वर्षको लागि उत्तर कोरियाको विकास योजना तय गर्ने बताइएको छ ।

केसीएनएको प्रतिवेदनअनुसार बिहीबार किमले आफ्नी छोरी सम्भावित उत्तराधिकारीसँग ८,७०० टनको आणविक शक्ति भएको पनडुब्बीको निर्माण र लामो दूरीको सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेका थिए ।