९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकिए, निर्देशक नेपाललाई पाँच जिम्मेवारी

भ्रष्टाचार नियन्त्रण तथा सदाचारसम्बन्धी गतिविधि र समस्या समेटिएको चौमासिक प्रतिवेदन तयार गरी सार्वजनिक गर्नुपर्ने ।

अ अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व विभागले निर्देशक गणेशप्रसाद नेपाललाई सदाचार सम्पर्क व्यक्तिको जिम्मेवारी तोकेको छ । विभागको बुधबारको निर्णयअनुसार अनुगमन, मूल्यांकन तथा सुशासन शाखालाई सदाचार सम्पर्क विन्दु र सोही शाखाका निर्देशक नेपाललाई सदाचार सम्पर्क व्यक्ति तोकिएको हो ।

मन्त्रिपरिषद्ले २०८३ असार १८ गते स्वीकृत गरेको राष्ट्रिय सदाचार नीति, २०८३ मा संघ, प्रदेश र स्थानीय तहका प्रत्येक निकायले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनसम्बन्धी कार्य गर्न कुनै एक शाखालाई सम्पर्क विन्दु र सोही शाखाका एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ ।

विभागले नेपाललाई पाँच वटा मुख्य जिम्मेवारी तोकेको छ । सम्बन्धित कर्मचारीलाई सत्यनिष्ठा तथा व्यवसायीलाई व्यावसायिक सदाचारका नियमबारे शिक्षा दिने र सदाचार प्रवर्द्धनसम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

त्यस्तै, सदाचार र भ्रष्टाचार नियन्त्रणसम्बन्धी गतिविधि तथा देखिएका समस्या समेटेर चौमासिक प्रतिवेदन तयार गर्ने, महानिर्देशकसमक्ष पेस गर्ने र विभागको वेबसाइटमार्फत सार्वजनिक गर्ने जिम्मेवारी तोकिएको छ ।

विभाग र विभागअन्तर्गतका कुनै कार्यमा सदाचारसम्बन्धी जोखिम पहिचान भए महानिर्देशकलाई जानकारी गराई चौमासिक प्रतिवेदनमा उल्लेख गर्नुका साथै उक्त प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

कार्यालयका कर्मचारीको सदाचारसम्बन्धी गुनासो सुनुवाइ तथा सम्बोधनमा सहजीकरण गर्ने र संस्थागत सदाचार सूचकांक (इन्स्टिच्युसनल इन्टेग्रिटी इन्डेक्स) विकास गरी त्यसका आधारमा विभाग तथा मातहतका कार्यालयको मूल्यांकन संयोजन गर्ने जिम्मेवारीसमेत नेपाललाई दिइएको छ ।

0 Comments