२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ’-मोहनबहादुर बस्नेत

अ+ अ-

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन् ।

नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा उनले फागुन २१ गते हुने निर्वाचनलाई पार्टीले आत्मसात् गरेको भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । “जेन जेड आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ, यस्तो अवस्थामा निकासका बाटो भनेकै निर्वाचन हो । हाम्रो पार्टीले औपचारिक निर्णय गरेर निर्वाचनमा जाने भनेको छ, अब सरकारले अलमल नगरी चुनावको वातावरण बनाउनुपर्छ”, नेता बस्नेतले भने । 

उनले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले त्यसको नि:शुल्क व्यवस्था गरिनुपर्नेमा जोड दिए । आफूले स्थानीय जनताको आवश्यकताका आधारमा सधैँ विकासको राजनीति गरिरहेको र आगामी दिनमा पनि त्यसमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।

पार्टीका जिल्ला सचिव भक्त ध्वज बोहराले फागुन २१ गतेको लागि घोषणा भएको निर्वाचनका लागि आयोजना गरेको सभा देशभरकै पहिलो रहेको बताए। उनले  निर्वाचनमा हार र जितभन्दा पनि जनताप्रतिको विश्वासलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको बताए ।

महासमिति सदस्य डा. प्रेम ध्वज लामा र भोला बोहरा, नेता यास्मिन ढुंगाना,  जिल्ला उपसभापति दोर्जे लामा, पूर्व जिल्ला सभापति भूपेन्द्रबहादुर थापा, सिन्धुपाल्चोक क्षेत्र नं २ का सचिव विष्णु घोरासैनी, मेलम्ची नगर सभापति वसन्त गुरुङ, बलेफी गाउँपालिकाका पूर्वअध्यक्ष केदार क्षेत्री, नेपाल महिला संघका  केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारी, क्षेत्र नं १ का सचिव सञ्चवीर तामाङलगायतले आफ्नो धारणा राखेका छन् ।