काठमाडौँ । नेपाल प्रहरीले तुलसीपुरबाट ६० लाख रुपैयाँ बरामद गरेको छ । तुलसीपुर ६ गोलौराका दुर्गा केसीको घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घर धनीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनले उक्त रकम काठमाडौँको एक संस्थाबाट ल्याएको प्रारम्भिक बयान दिएका छन् । उक्त रकम चोरी गरेर ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।







