२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवि लामिछानेको जिकिर : ‘राजनीतिकर्मीले काम नगरेकाले कलाकार खेलाडी पार्टीमा आएका हुन्’

अ+ अ-

काठमाडौँ । राजनीतिकर्मीले काम नगरेकाले कलाकार, पत्रकार, खेलाडी राजनीतिमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिकिर गरेका छन्। 

आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका छन्। त्यसमध्ये रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा आलोचना सुरु भएको छ। 

रास्वपाले कलाकार, पत्रकार, खेलाडी र व्यवसायीलाई समानुपातिक उम्मेदवारमा राखेको छ। त्यसको आलोचना हुन थालेपछि सभापति लामिछानेले सफाई दिएका हुन्। 

मंगलबार ‘झरीपछिको इन्द्रेणी’ फिल्मको हेर्न गएका लामिछानेले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा राजनीतिकर्मीले काम नगरेको जिकिर गरेका हुन्। ‘जब जब राजनीतिले देशमा निकास दिन सक्दैन, जब राजनीति गर्छु भनेर बर्सौँ बिताएका मानिसहरूले गरेको राजनीतिले देशमा निरासा फैलाउँछ, निकास दिन सक्दैन। त्यतिखेर कलाकार, पत्रकार, खेलाडी सबै जना राजनीतिमा आउँछन्। अहिले नेपाल त्यही चरणमा आएको छ। त्यही मोडमा आएको भएकाले सबै राजनीतिमा आएका हुन्,’ लामिछानेले भने। 

कलाकार राजनीति गर्ने रुचि भएर नआएको उनको भनाइ थियो। ‘जसले राजनीति गर्छ भनेर विश्वास गरेका थियौँ, सम्पूर्ण भविष्य सुम्पिएका थियौँ, उनीहरूले त्यसमाथि खेलवाड गरे। त्यो खेलवाड सहन नसकेर कलाकारहरू आएका हुन्,’ लामिछानेले थपे, ‘कलाकारहरूलाई राजनीतिमा इन्ट्रेस्ट लागेको होइन, तर आफ्नो मुलुकप्रतिको उत्तरदायित्व पूरा गर्नका लागि कलाकार, खेलाडी, पत्रकार आवश्यक पर्दा सबै आउनुपर्छ। नेपाल त्यो चरणमा प्रवेश गरेको हो।’