काठमाडौँ । साताको चौथो कारोबार दिन प्रि-ओपन सेसनमा ०.५९ अंक घटेर २६२२.२९ विन्दुमा झरेको छ।
यस सेसनमा १६ लाख ५६ हजार ९७२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४३ कम्पनीको २ हजार ४५२ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्स चेन्ज लिमिटेडले जनाएको छ ।







