२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका-४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ ।

शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिहरूलाई पञ्चैबाजा बजाउने तालिम दिन सुरु गरिएको हो ।

बुधबारदेखि शुरु भएको पञ्चैबाजा प्रशिक्षणमा वडाभित्रका विभिन्न आमा समूह र महिला समूहका प्रतिनिधि सहभागी जनाएका छन् । वडाभित्र पञ्चैबाजा बजाउने समूह नहुँदा विवाह, छेवर, व्रतबन्धलगायत शुभकार्यहरुमा पञ्चैबाजा बजाउनका लागि बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन बढाउन पञ्चैबाजा बजाउन सिकाउन थालिएको सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताए । ‘हरेक शुभकार्यहरुमा पञ्चैबाजा बजाउने प्रचलन छ, हाम्रो वडामा पञ्चैबाजा बजाउने समूह नहुँदा समस्या छ, त्यसैले प्रशिक्षण सञ्चालन गरेका हौँ,’ केन्द्रका अध्यक्ष शर्माले भने ।

४५ दिनसम्म सञ्चालन हुने तालिममा पञ्चैबाजा प्रशिक्षक प्रकाश परियार र सतप्रसाद छिनालले व्यावहारिक प्रशिक्षण दिनेछन् । चालु आर्थिक वर्षमा नौमती बाजा संरक्षण तथा सीप विकासका लागि वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले एक लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ ।

पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश छन् ।