२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यवाहक सभापति खड्काद्वारा काँग्रेस पदाधिकारी बैठक आह्वान

अ+ अ-

काठमाडौँ । काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा बैठक बस्न लागेको हो । 

पार्टीभित्र विशेष महाधिवेशन विवाद र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबारको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भनेर निर्णय गरेपछि काँग्रेसभित्र विवाद चर्किएको छ ।

महामनत्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउनु विधानको बाध्यता रहेको भन्दै पुस २७-२९ का लागि भृकुटीमण्डपको हल बुक गरिसकेका छन् ।

विशेष महाधिवेशनलाई सिंगो काँग्रेसको स्वामित्व लिने गरी कार्यवाहक सभापति खड्कालाई औपचारिक रूपमा बोलाउन महामन्त्री शर्माले शनिबार भेटेरै आग्रह गरेका थिए । पार्टी केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाएर नीतिगत निर्णय गर्ने र पार्टी एक भएको सन्देश लिएर निर्वाचनमा जाने प्रस्ताव महामन्त्रीले शर्माले गरेका छन् ।

यता माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा संविधान जारी गर्ने सबै राजनीतिक दलहरूबीच भागबण्डा गरेर जाने विषयमा समेत अनौपचारिक छलफल भइरहेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच अनौपचारिक संवाद भइरहेका छन् ।