२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखलढुंगामा धारिलो हतियार प्रहार गरी बिभत्स हत्या, चार जना गिरोह पक्राउ

अ+ अ-

काठमाडौँ । ओखलढुंगामा श्रृखलाबद्ध रूपमा हत्या तथा लुटपाट गर्ने गिरोह पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगा चिशन्खुगढी गाउँपालिका-३ दियाले बस्ने २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका-४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर ८ बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन् । विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको हो भने बाँकी ३ जनालाई रातमाटेबाट पक्राउ गरेको हो ।

ओखलढुंगामा दुई वटा छुट्टाछुट्टै घटनामा तीन जनाको बीभत्स हत्या गर्ने ४ जना गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।

ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ भदौरे गैरीगाँउस्थित शोभितमान किराना पसल सञ्चालन गरी बस्ने वर्ष ६० शोभितमान थापा मगर र श्रीमती वर्ष ६० रत्नमाया थापा मगर दुवै जनालाई धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या गरेका थिए । हत्या पश्चात् गोठमा लगी स्याउलाले छोपी, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरी फरार भएका थिए ।

उक्त घटनाको नेपाल प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, लाजिम्पाट, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान पश्चात् सो घटनामा संलग्नमा उनीहरुलाई पक्राउ गरेका थिए ।

पक्राउ गरी प्रारम्भिक सोधपुछको क्रममा उनीहरूले यसअघि ३ महिना अघि नै अर्को हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत असोज २६ गते राति २ बजे ओखलढुंगा सिद्धिचरण नगरपालिका-४ चार्खुमा खेती किसानी गरी बस्ने एकल महिला वर्ष ५२ कि रत्न कुमारी कटवाल (कार्की) लाई बन्चरोले दाहिने पट्टीको कन्चटको भागमा प्रहार गरी बिभत्स हत्या गरेका थिए ।

कार्कीलाई कन्चट तथा कानको भागमा प्रहार गरी विभत्स हत्या गरी नगदसमेत लुटपाट गरी फरार भएको खुल्न आएको ब्युरोका प्रवक्ता शिव कुमार श्रेष्ठले जनाकारी दिए ।

उनीहरूको साथबाट हत्यामा प्रयोग गरिएको बन्चरो एक थान लुटिएको ५.८० ग्राम तौल भएको रिङ, खुकुरी, भरुवा बन्दुक, कोदालो मोबाइलहरू बरामद गरिएको छ। हाल उनीहरूलाई पक्राउ गरी कारबाही तथा आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।