२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । रास्वपाको समानुपातिकतर्फको ११० जनाको बन्द सूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा उनको नाम समावेश थियो ।

लिम्बूले लेखेका छन्, ‘‘उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु ।’

नेपालको संविधानमा सुनिश्चित समानुपातिकरसमावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार आफूले समानुपातिकतर्फ उम्मेदवारी दिएको पनि उनले बताएका छन् ।

तर, एकता र ध्रुवीकरणको चरणमा एकताबाट आएकाहरूलाई समेत समुचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष भएकाले आफूले नाम फिर्ता लिने निर्णय गरेको उनले बताएका छन् ।

‘नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्द सूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता–कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्द सूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ,’ उनले लेखेका छन् ।

यो कदम पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै लिइएको सचेत र जिम्मेवार राजनीतिक निर्णय भएको उनको दाबी छ ।

राजनीति केवल व्यक्तिगत अवसर वा पदको खोजी मात्र नभएर विचार, मूल्य र सबै नेता–कार्यकर्ताको भावना समेट्दै अघि बढ्ने साझा अभियान भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘म यसै यात्रामा अघि बढेको छु । यसै यात्रामा समाहित हुन आह्वान पनि गर्दछु ।’