मोरङ । विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ९ सय ५० रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही महानगरपालिका-१० बस्ने ३६ वर्षीय उमेश साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-०४२ प २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित सोमबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







