२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनजंघा आधार शिविर सुनसान

अ+ अ-

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजंघा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजंघा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजंघाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन् । 

पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि आधार शिविर सुनसान बनेको हो । पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडेपछि होटेल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएका बताए ।

यसैबीच, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयको तथ्यांकअनुसार पछिल्लो वर्षमा यहाँ आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष भ्रमणको पहिलो याममा ९५० जना विदेशी पर्यटकले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिए ।

उनका अनुसार यस वर्ष मङ्सिरपछि पनि फाट्टफुट्ट पर्यटक यहाँ आएका छन् । यस क्षेत्रको भ्रमण गर्नेमा विदेशी मात्र नभई आन्तरिक पर्यटकको सङ्ख्यासमेत बढ्दै गएको उनले बताए। उनका अनुसार गत वर्षको पहिलो याममा ८७७ जना विदेशी पर्यटकले कञ्चनजंघाको भ्रमण गरेका थिए ।