काठमाडौँ । एक जनालाई सचिवमा बढुवासहित दुई जना सचिवको सरुवा गरिएको छ । न्याय सेवा आयोगले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव उद्धव प्रसाद पुडासैनीलाई महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।
यस्तै आयोगले महान्यायाधिवक्ता कार्यालयका का.मु. नायब महान्यायाधिवक्ता ध्रुवकुमार चौहानलाई सचिवमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ल्याएको छ ।








